त्रिकोणात्मक टि - २० आई सिरिज

उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै

उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै
तस्बिर : क्यान

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी-२० शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ।

मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मंगलबार नै भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई पराजित गरेपछि नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। आइतबार बर्षाका कारण हङकङ र नेपालले अंक बाँडेका थिए।

नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा एक सय १३ रनमै समेटिएको थियो। पपुवा न्युगिनीका हिरी हिरीले सर्वाधिक २८ रन बनाए। यस्तै सेसे बौउले २१, टोनी उराले १३ र नोसैना पोकनाले १२ रन बनाए। पपुवा न्युगिनीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। पपुवा न्युगिनीलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले घातक बलिङ गरेका थिए। चार ओभर बलिङ गरेका उनले १२ रन खर्चिए। यस्तै प्रतिश जिसीले दुई तथा गुलसन झा र आकाश चन्दले एक/एक विकेट हात पारे।

यसअघि हङकङको मिसन रोड ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रन बनाएको थियो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पालि खेलेका थिए। ३९ बलमा चार छक्का र चार चौकाको सहयोगमा कुशलले ५९ रन बनाए। यस्तै सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५६ रन बनाए। टीट्वेन्टी अन्तर्राष्ट्रियमा कुशलको आठौं र सन्दीपको दोस्रो अर्धशतक हो। कुशलले टीट्वेन्टीमा एक हजार रन पनि पूरा गरेका छन्। 

सन् २०२१ अप्रिलमा टीट्वेन्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले ३६ खेलमा एक हजार रन पूरा गरेका छन्। जसमा एक शतक र आठ अर्धशतक छ। यस्तै विनोद भण्डारीले २७, विवेक यादवले १९, गुलसन झाले १५ र लोकेश बमले १४ रन बनाए। पपुवा न्युगिनीका असद भालाले दुई तथा नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले एक/एक विकेट लिए।

यसैगरी मंगलबार नै भएको खेलमा घरेलु टोलीलाई १० विकेटले स्तब्ध पार्दै पपुवा न्युगिनीले फाइनलमा स्थान बनाएको हो। हङकङले दिएको एक सय २२ रनको लक्ष्य पपुवा न्युगिनीले १२.४ ओभरमा बिना विकेट भेट्टाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.