आत्मकेन्द्रित होइन राष्ट्रकेन्द्रित होऔं

आत्मकेन्द्रित होइन राष्ट्रकेन्द्रित होऔं
सुन्नुहोस्

सत्ता समीकरण फेरिएको छ। नयाँ  गठबन्धनको  सरकार बनेको छ। यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन आश्चर्यपूर्ण थियो। नेकपा एमाले र माओवादी केन्द्रको पछिल्लो गठबन्धन पनि आश्चर्यजनक छ। यो गठबन्धनमा केही नयाँ दलहरू पनि सामेल भएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको क्रियाकलापप्रति जनता सन्तुष्ट छैनन्। चुलिँदो भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य चुनौती छ। आर्थिक अवस्थालाई सही दिशा दिनुपर्ने छ। यो सरकारले मुलुकका जटिल समस्याको समाधान गर्न सक्लाजस्तो लाग्दैन। सरकार र कर्मचारीबीच सामञ्जस्यता नै छैन।  अहिले नयाँ गठबन्धनप्रति पनि जनता धेरै आशावादी छैनन्।

सरकारको न्यूनतम साझा धारणा पनि सार्वजनिक भइसकेको छैन। सरकारले विश्वासको मत लिनुअघि नै साझा धारणा स्पष्ट रूपमा राख्नुपर्छ। सरकारको लक्ष्य के हो ? त्यो साझा धारणामा झल्कनुपर्छ। त्यसैले अहिले नै सरकारका बारेमा प्रतिक्रिया व्यक्त गरिहाल्नु हतार हुन्छ। तर, मन्त्रिपरिषद्मा पठाएको टिम हेर्दा  नेकपा एमालेको गम्भीर सहभागिता देखिँदैन। त्यसैले अनिश्चितताको बादल  छ।

जनता असन्तुष्टि हुने नै राजनीतिक दलका क्रियाकलापबाट हो। मुलुकको समस्याको समाधान खोज्ने राजनीतिक दलले नै हो। त्यसैले शीर्ष नेताहरू आत्म केन्द्रितभन्दा राष्ट्र केन्द्रित हुनुपर्छ। शीर्ष नेताबीच साझा धारणा हुनुपर्छ। शीर्ष नेताहरूबीच केही न केही समझदारी हुनुपर्छ। यसका लागि शीर्ष नेताहरू गम्भीर हुनुपर्छ। खुट्टा तानातानको खेलमा रमाउन छोड्नुपर्छ। ‘इगो’ पालेर बस्नु हुँदैन। व्यक्ति वा पार्टीभन्दा राष्ट्रको समस्यालाई पहिलो प्राथमिकता दिनुपर्छ। 

सरकारप्रति हामी पर्खौं र हेरौंको रणनीतिमा छौं। अहिले तत्कालका लागि शुभकामना मात्र दिन सक्छौं। सरकारले गर्ने कामकारवाहीको मूल्यांकन गरेपछि  समर्थन  गर्ने /नगर्ने निष्कर्षमा पुग्छौं।

 (शुक्ल, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ सहअध्यक्ष हुन्।) 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.