सरकारको ‘गेयर’ परिवर्तन गर्न गठबन्धन परिवर्तन गरेँ : प्रधानमन्त्री प्रचण्ड

सरकारको ‘गेयर’ परिवर्तन गर्न गठबन्धन परिवर्तन गरेँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गेयर परिवर्तन गर्न गठबन्धन परिवर्तन गर्नुपरेको दाबी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा आज विश्वासको मत लिनेक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् गतिमा नभएकाले परिवर्तन गरेको स्पष्ट पारेका हुन्।

‘प्रधानमन्त्रीमा रुपमा म जस्तो संकल्पका साथ सक्रिय थिए, टीम त्यहि गतिमा नभएको मेरो अनुभव रह्यो।’ प्रचण्डले भने,‘र सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ।’

उनले तत्कालीन अवस्थामा विकासको गतिबाट सन्तुष्ट नभएको अभिव्यक्ति दिएर सरकार पुनर्गठन गर्नुपर्छ भन्दा पनि वातावरण बन्न नसकेको धारणा राखे। उनले गठबन्धनभित्र सरकार पुनर्गठन गर्न लाग्न साथ नदिएकाले नयाँ गठबन्धन बनाउनुपर्ने स्पष्ट पारे। उनले कांग्रेसले आफूप्रति निजी-व्यक्तिगत आक्षेप लगाएको भन्दै आपत्ति जनाए। 

उनले आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री बनेको तर आफूले कांग्रेसलाई धेरै पटक प्रधानमन्त्री बनाएको बताए। यस अगाडि आफूलाई प्रधानमन्त्री बनाउन दिएको बचन कांग्रेसले पूरा नगरेको भन्दै आफूले धोका नदिएको धारणा राखे। उनले प्रश्न गरे,‘धोका कांग्रेसले दिएको कि मैले ? तपाईंहरुले मलाई दिएको बचन पूरा गर्नु भयो त ?’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.