एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

१५-१५ महिना प्रधानमन्त्री बन्ने सहमती

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

बुधबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

त्यस्तै प्रमुख सचेतक चौधरीले पार्टी अध्यक्ष माधव नेपाल पनि १५ महिना प्रधानमन्त्री बन्ने गठबन्धनमा सहमति भएको खुलासा गरेका छन्। विश्वासको मत दिनुअघि केपी शर्मा ओली र प्रचण्डसँग प्रतिबद्धता मागेको एकीकृत समाजवादीले माधव नेपाल प्रधानमन्त्री बन्ने ग्यारेन्टी खोजेको थियो। 

सोही अनुसार मुख्य नेताहरुबीच १५-१५ महिना प्रधानमन्त्री बन्ने समझदारी बनेको भन्दै चौधरीले अब १५ महिना प्रचण्ड प्रधानमन्त्री रहने र त्यसपछि १५ महिना माधव नेपाल प्रधानमन्त्री बन्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने समझदारी भएको उनले बताए। उनले सत्ता गठबन्धनमा भएको सहमती कार्यान्वयन गर्न आफूहरु इच्छुक रहेकाले सो सहमती कार्यान्वयन हुने विश्वासका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको भन्दै सो सहमती कार्यान्वयन नभएमा फरक तरिकाले अधि बढ्ने उल्लेख गरे। 

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदै छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.