न्यायसंगत भाग पाएनौं भने अप्रिय घटना घट्नसक्छ : राजकिशोर यादव

न्यायसंगत भाग पाएनौं भने अप्रिय घटना घट्नसक्छ : राजकिशोर यादव
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले संसदमा चलेको दोहोरीलाई सामान्य मान्न नसकिने बताए। उनले सम्मानित सदनमा प्रयोग भएका भाषाहरूप्रति आपत्ति जनाए।

'मलाई उहाँलाई शुभकामना दिन मन छ। तर, कुन रूपले शुभकामना दिऊँ। बडो विचित्रको कुरा भएको छ। अरु बेला सहयात्रीका कारण प्रधानमन्त्री धरापमा पर्छन्। यहाँ त प्रधानमन्त्री होइन, सहयात्रीहरू धरापमा परिरहेका छन्,' उनले भने, 'संसदमा आज जसरी दोहोरी चलेको छ। जुन प्रकारका भाषा प्रयोग भएको छ। एउटा प्रतिनिधिको नाताले सामान्य र राम्रो मान्न सक्दिनँ।'

उनले तेस्रोपटक विश्वासको मत लिँदै गरेका प्रधानमन्त्रीको अनुहारमा चमक नदेखिएको बताए। राजनीतिमा देखिएका यस्तै कारणले जनताले नेतृत्व र पार्टीमाथि खडेरी भएको महसुस गरिरहेको उनको भनाइ छ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई इतिहास रच्ने यो अन्तिम क्षण भएको बताए। उनले पटक-पटक प्रयोग गर्दा उल्टै घातक हुने भन्दै प्रधानमन्त्रीलाई सचेतसमेत गराए।  उनले मधेससँग गरेका सम्झौताहरू पनि लागू गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। 'प्रदेश प्रमुख फेर्नुभयो। त्यहाँ मधेसीको अनुहार देखिएन। हामी पनि सत्ताको सशक्त घटक हौं। हामी आफ्नो भाग खोज्छौं। न्यायसंगत लागेन भने त्यतिबेला हिसाब माग्नेछौं। र, त्यो अप्रिय पनि हुनसक्छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.