मेरो काँधमा अझ जिम्मेवारी थपियो : प्रधानमन्त्री प्रचण्ड

मेरो काँधमा अझ जिम्मेवारी थपियो : प्रधानमन्त्री प्रचण्ड
तस्बिर : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो काँधमा जिम्मेवारी अझ थपिएको बताएका छन्। तेस्रोपटक विश्वासको मत पाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी बढेको बताए।

'तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ। जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु,' उनले भने। उनले संसदमा तीनपटक अलगऔअलग अनुभूतिसमेत पाएको बताए। 

'मप्रति भरोसा गरेर मलाई समर्थन गर्ने र विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद। संयमित वतावरणमा बडो लोकतान्त्रिक अभ्यास भयो। यसले लोकतन्त्र सुदृढ भएको महसुस भएको छ,' उनले भने, 'तीनपटक विश्वासको मत लिँदै गर्दा अलग-अलग अनुभूति र महसुस भयो। करिब सत प्रतिशत विश्वासको मत पाउँदा र अहिलेको अवस्थाको अनुभूति प्राप्त गरे।' 

प्रधानमन्त्री प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका थिए। सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्रीको पक्षमा १५७  मत र विपक्षमा ११०  मत र दिन्न भन्नेमा १ मत खसेको थियो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.