गठबन्धनको नेतृत्व गर्न प्रधानमन्त्री असफल देखिए : कांग्रेस नेता पौडेल

गठबन्धनको नेतृत्व गर्न प्रधानमन्त्री असफल देखिए : कांग्रेस नेता पौडेल
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीनपटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती भएको देखिएको बताएका छन्।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको बताए। उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिका कारण भन्दा पनि अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण तीनपटक गठबन्धन परिवर्तन भएको अवस्थामा अहिलेको गठबन्धन पनि स्थिर हुन्छ भनेर भन्न नसकिने बताए। 

नेता पौडेलले सरकारमा जाने कुरामा दलहरुले प्रयास गर्नु स्वभाविक रहेपनि राष्ट्रिय राजनीतिलाई हेर्दा पटक-पटक सरकार परिवर्तनले देशमा स्थिरता नदिने बताए। उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.