एमाले नेतृत्वको गठबन्धन चारैवर्ष टिक्छ : गणेश तिमिल्सिना
बेनी : राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तथा नेकपा एमालेका नेता गणेश तिमिल्सिनाले सुशासन, स्थायित्व, विकासलाई गति दिन र राष्ट्रियतालाई बलियो बनाउन नयाँ गठबन्धन बनेको बनेको बताएका छन्।
अघिल्लो गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादीबीच योजना तथा बजेट कार्यान्वयनदेखि संविधानलाई बुझ्ने विषयमा मतभेद देखिएपछि देशलाई संकटबाट बचाउन एमालेले पहलकदमी गरेर नयाँ गठबन्धन बनाएको नेता तिमिल्सीनाले बताए।
नेकपा एमाले बेनी नगर कमिटीको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता तिमिल्सिनाले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीको सहकार्यलाई आगामी ४ वर्ष टिकाउन एमाले जिम्मेवार रहेको बताए। ‘यो गठबन्धन एक/दुई वर्षलाई मात्र होइन्, बाँकी पूरै कार्यकाल टिकाउने सर्तमा बनेको हो,’ उनले भने।