नवलपरासीका स्थानीय तहमा प्रहरीको पाठ्यसामग्री पढाइँदै

नवलपरासीका स्थानीय तहमा प्रहरीको पाठ्यसामग्री पढाइँदै
सुन्नुहोस्

परासी : नवलपरासीका स्थानीय तहले लागू गरेका स्थानीय पाठ्यव्रmममा प्रहरीको पाठ्यसामग्रीसमेत समावेश गरेर अध्यापन गराइने भएको छ। पाठ्यसामग्री लागू गरेर अध्यापन गर्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीले दुई पालिकासँग सहमति पत्रमा हस्ताक्षरसमेत गरेको छ । पहिलो चरणमा रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका विद्यालयहरुमा उक्त पाठ्ययसामग्री अध्यापन गराउनका लागि सहमति गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काजी कुमार आचार्यले बताए। 

जिल्लामा सात पालिका छन्। पालिकाहरुले सबै विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यव्रmम लागू गरेका छन्। चैत महिनाभित्र अन्य पाँच पालिकासँग पनि सम्झौता गरी पुस्तकमा उल्लेख भएका विषयहरु अध्यापन गराइने एसपी आचार्यले जानकारी दिए।
 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले तयार गरेको ‘स्थानीय तह प्रहरी विद्यालय कार्यव्रmम पुस्तक’मा साइबरअपराधसहित विभिन्न सामाजिक अपराधहरु, घरेलुहिंसा, सामाजिक सद्भाव, विपद् जोखिम न्यूनीकरण, ट्राफिक व्यवस्थापनलगायतका विभिन्न २४ विषय समावेश गरिएको छ। पुस्तकमा अपराधविरुद्ध उजुरी गर्ने तरिका र रोकथामका उपाय पनि समावेश छन्। पाठ्यसामग्रीले समाजमा हुने अपराध न्यूनीकरण र रोकथामसँगै सामाजिक सम्बन्धलाई मजबुत गराउने विषयमा मद्दत पुर्‍याउने अपेक्षा लिइएको छ। 

प्रहरीले उपलब्ध गराएको पुस्तकमा उल्लेख भएका अधिकांश विषय स्थानीय पाठ्यव्रmममै समावेश भएको र समावेश नभएका विषयहरु विद्यालयहरुमार्फत अध्यापन गराइने रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताए। ‘पाठ्यक्रममा नभएका विषयलाई आउँदो सत्रदेखि परिमार्जनसहित समावेश गरेर लागू गरिने छ । त्यतिञ्जेसम्म प्रहरीले उपलब्ध गराएका विषयहरुलाई छुट्टैरुपमा अध्यापन गराइने छ,’ सहमति पत्रमा हस्ताक्षर गर्दै मेयर यादवले भने। 

सहमति पत्रमा मेयर यादवसहित एसपी आचार्य, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, नगरपालिकाका शिक्षा शाखा प्रमुख सुन्दर खनाल र  सरस्वती माविका प्रधानाध्यापक दयानन्द चौधरीले हस्ताक्षर गरेका छन्। 

सहमति पत्रमा हस्ताक्षर गर्दै प्रमुख जिल्ला अधिकारी पन्थीले विकासको पूर्व सर्त नै सुरक्षा भएको र देशको भविश्यका कर्णदार मानिने बालबालिकाहरुलाई सुरक्षासम्बन्धी जानकारी दिई समुदायलाई त्यसबारे जागरुक गराउनका लागि प्रहरीले तयार पारेको पुस्तकले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। यसअघि प्रहरीले सुरक्षालगायत विभिन्न विषयमा केन्द्रित रही समुदाय र विद्यालयस्तरमा कार्यव्रmम सञ्चालन गर्ने गरेको थियो। त्यसले प्रहरीले मात्र त्यसको अपनत्व लिँदै आएकोमा अहिले पाठ्यसामग्री नै विद्यालयलाई उपलब्ध गराएपछि विद्यालयसँगै त्यसको अपनत्व स्थानीय तहलाई जानुले जनप्रतिनिधिहरुका लागि पनि सकरात्मक भएको प्रजिअ पन्थीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.