जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो सुन तस्करीको प्रतिवेदन

जाँचबुझ आयोगले गृहमन्त्री लामिछानेलाई बुझायो सुन तस्करीको प्रतिवेदन
सुन्नुहोस्

काठमाडौं : गृह मन्त्रालयमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले  छानबिन प्रतिवेदन बुझाएको छ। बिहीबार बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। करिब साढे ५ महिना लामो अध्ययन, अनुसन्धान र जाँचबुझ गरेको छ।

तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्‍था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायहरूको संरचना र क्षमता तथा कार्य प्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तर्क्रियाका माध्यमबाट जानकारी तथा सुझाव लिएर सुधारका लागि सिफारिस गरेको आयोगले जनाएको छ। 

आयोगका अध्यक्ष आचार्यका अनुसार १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन तयार भएको छ। अनुसन्धानको क्रममा आयोगले प्रतिवादी नबनाइएका विभिन्न २१ जना र थप १४ जनासँग सोधपुछ गरेको जनाएको छ।

आयोगले त्रिभुवन विमानस्थल तथा रसुवागढी सहितका विभिन्न ७ वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको जनाएको छ।‘आयोगले कार्यसम्पादनको क्रममा त्रिभुवन विमानस्थल तथा रसुवागढी सहितका विभिन्न ७ वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिका सभापति तथा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेक तथा सचेतकहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सहितका पदाधिकारीहरु, विभिन्न ६१ जना विषय विज्ञहरु, विभिन्न ४ वटा संस्थाका १८ जना प्रतिनिधिहरु, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिहरु समेतसँग परामर्श तथा छलफल गरिएको थियो।’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै गरी पूर्व प्रतिवेदनहरु, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधीकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्याइ एवं सुझाव र अध्ययन सामग्रीहरुको अध्ययन विश्लेषण गरिएको थियो। यसैगरी विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा सुन राखी सुन तस्करी भएको मुद्दामा प्रतिवादी रहेका ३३ जना प्रतिबादीहरुबाट पुनः वयान लिने, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) बाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानको क्रममा आयोगबाट थप १४ जनासँग सोधपुछ समेत गरिएको थियो।’

प्रतिवेदनमा तस्करी नियन्त्रणको लागि कानूनमा गर्नुपर्ने सुधार, संरचनामा गर्नुपर्ने सुधार, सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरीहरू सुधार्न विभिन्न उपायहरु समेत सिफारिस गरिएको बताइएको छ। 

‘आयोगबाट तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानूनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायहरुको संरचना र क्षमता तथा कार्यप्रणालीको अवस्थाको अध्ययन, अवलोकन, चलफल, अन्तर्क्रिया, आदिका माध्यमबाट जानकारी तथा सुझाव लिई सुधारका लागि सिफारिस सहितको १३ परिच्छेदमा विभाजित ४८४ पृष्ठको प्रतिवेदन पेश गरेको छ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘प्रतिवेदनमा तस्करी नियन्त्रणको लागि कानूनमा गर्नुपर्ने सुधार, संरचनामा गर्नुपर्ने सुधार, सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरीहरू सुधार्न विभिन्न उपायहरु समेत सिफारिस गरिएको छ। आयोगको सिफारिस कार्यान्वयनमा आई सुन तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.