गाउँमै नुन पुगेपछि खुशीयाली

गाउँमै नुन पुगेपछि खुशीयाली
सुन्नुहोस्

कालीकोट : कालीकोटको महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुन पुर्‍याएपछि स्थानीय खुशी भएका छन्। आयोडिनयुक्त नुन लिनका लागि सधैं सदरमुकाम जानुपर्नेमा यसपटक गाउँमै नुन पाएपछि स्थानीय खुशी भएका हुन्। 

स्थानीय सरकार घर आँगन र चुल्लोको सरकार भएको भन्दै महावै गाउँपालिका निवासी जर्मा सिंहले भनिन्, 'महावै गाउँपालिकाका जनताका लागि गाउँमै नुन डिपो स्थापना गर्ने सरकारलाई धन्यवाद दिनुपर्छ। राजधानीमा सुनको खाँचो भए पनि कर्णालीमा नुनको खाँचो छ। सरकार आयोडिनयुक्त नुन गाउँमै पुर्‍याउनु पर्छ।'

गाउँपालिकाका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको विर्तामोडबाट वितरण गरिने गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए। 'एक प्याकेट नुन लिनका लागि जनताले सदरमुकाम धाउनु परिरहेको छ। यसका लागि स्थानीयले तीन हजारदेखि चार हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ। अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। त्यसैले आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरेका छौ। अब जनताले ढुक्क भए हुन्छ आयोडिनयुक्त नुन गाउँको डिपोमा संकट हुन दिँदैनौं, उनले भने। 

जिल्ला सदरमुकाम मान्ममा जाँदा एक पाकेटको ९ रुपैयाँ पर्थ्यो भने गाउँमै ९ रुपैयाँले किन्न पाउनु भनेको स्थानीयबासीका लागि सहज भएको स्थानीय युवा रेशम शाहीले बताए। उनले भने, 'नुन लिन आउँदा नेपाली नागरिकता ल्याएर आउनुपर्ने रहेछ। यस्तो झन्झट चाहिँ नागरिकलाई नदिएको भए हुने हो।'

महावैको बिर्तामोडमा स्थापना गरिएको आयोडिनयुक्त नुनको डिपोबाट हरेक महिनाको ७, १४ र २१ गते बिक्री गरिने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए। हिमचुली कृषि सहकारी संस्थाले नुन बिक्री गर्ने जिम्मा लिएको छ। गाउँपालिकाले समन्वय गर्नेछ। 

नुन खरिद गर्न आउनेको घुइँचो लागेको छ। स्थानीय राजबहादुर सिंहले आर्थिक रुपमा कमजोर परिवारका लागि ठूलो राहत भएको बताए। हिमचुली कृषि सहकारी संस्थाका सचिव पौरख विश्वकर्माले साल ट्रेनिङ कर्पोरेशन लिमिटेडको अनुदान प्राप्त नुनलाई महावैको बिर्तामोडबाट बिक्री गरिने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.