महिनावारीमा विभेद
मुलुकी अपराध (संहिता) २०७४ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउगोठमा राखेर वा नराखेर गरिने कुनै पनि किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहारलाई कसुर ठानिने व्यवस्था छ । यस्ता कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर अझै पनि महिलाहरू महिनावारी हुँदा विभेदमा पर्ने गरेका छन् । पूजापाठमा सहभागी हुने वा मन्दिर जाने त परै घरभित्रै पस्न पनि महिलालाई निषेध छ । आरामको जरुरी पर्ने यस्तो बेला घरबाहिरको काममा भने महिला लादिन विवश पारिन्छन् । पानी नै नचल्ने व्यवहार गर्ने तर मेलापात, घाँस दाउरा र गाईबस्तुका लागि पानी ओसार्ने लगायत काममा भने महिला महिनावारीका बेला पनि घसारिनु नै परिरहेको छ । खास गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा त महिनावारी भएका बेला घरबाहिरको गोठमा बस्न बाध्य पारिन्छ । यस्तो कुप्रथा छाउका नाममा अझै जीवित छ ।
उमेर बढ्दै जाँदा किशोरी अवस्थामा हरेक स्त्रीको रजस्वला हुनु प्राकृतिक कुरा हो । तर सामान्य प्राकृतिक कुरामा पनि यति ठूलो अन्धविश्वास छ कि त्यसैकारण छुवाछूत विभेद गरिन्छ । अनि महिला पानी ओसार्न टाढाटाढा जानुपर्ने, मेलापातमा भारी काम गर्नुपर्ने हुँदा झन् विभिन्न रोगको सिकार बन्छन् । छाउगोठमा बस्दा चिसोले र सर्पले टोकेरै ज्यान गएका थुप्रै उदाहरण पनि छन् । अचेल जलवायु परिवर्तनकै कारण गाउँघरमा पानीका मूल सुकेका छन् । त्यसको प्रत्यक्ष मार महिलालाई नै परेको छ, आज पनि पानी ल्याउने मुख्य काम महिलाकै काँधमा छ । टाढाको दूरीमा भारी बोक्नुपर्दा रजस्वला भएका महिलामाथि थप मार पर्ने गरेको छ । कर्णालीको प्रदेश राजधानी जिल्ला सुर्खेतै पनि महिनावारीमा महिलामाथि विभेद गर्नेहरूको दबदबाबाट मुक्त हुन सकेको छैन । महिनावारीमाथि अझै अन्धविश्वास राख्नु हाम्रो समाज अविकसित हुनुको एउटा द्योतक हो ।
महिनावारी हुँदा विभेद गर्ने वा सामाजिक बहिष्कार गर्नेमाथि कानुनी प्रबन्ध हुँदाहुँदै अझै पनि अन्धविश्वास नहट्नु भनेको कानुनी कारबाही फितलो हुनु त हुँदै हो, सबैभन्दा ठूलो कुरा चाहिँ चेतनाको उज्यालोले नछुनु हो । तसर्थ पालिकाहरू र प्रदेश सरकारहरूले छाउप्रथाविरुद्ध अभियान नै चलाउनु उचित हुन्छ । त्यसो त कतिपय गाउँमा छाउगोठ पनि भत्काइए । र, ती फेरि बने । मतलब, चेतनाको दियो चर्काे गरी बलेन नै । विकास र समृद्धिको कुरा गरिरहँदा अझै पनि महिला महिनावारीकै कारण विभेदमा पर्नुपर्छ र रोगव्याधिको सिकारसँगै मृत्युको मुखमा पुग्नुपर्छ भने गाउँगाउँमा पुगेका सिंहदरबार