राष्ट्रियसभामा नयाँ व्यवस्था: प्रादेशिक सरोकार समय सुरू
काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको बैठकमा प्रादेशिक सरोकारका विषयमा छलफल सुरु भएको छ । राष्ट्रियसभाको नयाँ नियमावलीमा गरिएको व्यवस्थाअनुसार प्रादेशिक समस्या, विकास निर्माणको अवस्थालगायतका विषयमा छलफल गर्न ‘प्रादेशिक सरोकार समय’ सुरू भएको हो ।
आजको बैठकमा सांसदहरुले समसामयिक राजनीतिक विषयका साथै देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।
अहिले बैठकमा सांसदहरूले आ-आफ्ना धारणा व्यक्त गरिरहेका छन्।