सु्न जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

सु्न जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठकमा सुन जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन्। यसअघि  जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराम आचार्यले गृहमन्त्री लामिछानेलाई बिहीबार प्रतिवेदन बुझाएका थिए।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न र तस्करी गर्नेहरूलाई जोगाउने प्रहरी अधिकारी समेतलाई कारवाही गर्न सिफारिस गरेको छ। आयोगले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ। 

इलेक्ट्रिक चुरोट 'भेप'मार्फत् गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको ठहर गर्दै जाँचबुझ आयोगले कारवाहीका लागि सिफारिस गरेको हो। आयोगले महराको पनि बयान लिएको थियो। भेपमार्फत सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन्।

आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलगायत उच्च प्रहरी अधिकारीहरूलाई विभागीय कारवाही सिफारिस गरेको छ। समितिले सुन तस्करीमा संलग्नहरूलाई जोगाएको भन्दै एआईजी बज्रचार्यलगायत सुन अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीहरूलाई कारवाही सिफारिस गरेको हो।

यसैगरी सुन तस्करी प्रकरणमा जीवन गुरूङ,दिपेश पुन,प्रनिश पुन,जितेन्द्र पुन,जीवन चलाउनेविरुद्ध मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.