रमजान महिना सुरू (फोटो फिचर)
काठमाडौं : मुस्लिम समुदायको महान पर्व रमजान बुधबारदेखि सुरू भएको छ। राजधानीको कश्मिरी मस्जिदमा आज इस्लामिक नमाज पढ्न नेपाली मुस्लिम समुदायको जम्मा भएका छन्। उर्दू क्यालेन्डर अनुसार, रमजान हिजरी संवत वा वर्षको नवौं महिनामा पर्दछ।
यस पर्वमा श्रद्धालुहरूले सूर्योदयदेखि सूर्यास्तसम्म एक महिनाको व्रत बस्ने गर्छन्, जसलाई रोजा पनि भनिन्छ। प्रत्येक रोजा विहानको प्रार्थनापछि सुरु हुन्छ भने एक महिनाको लागि साँझको प्रार्थनाको साथ समाप्त हुन्छ।
यस पवित्र महिनामा मुस्लिम धर्मावलम्बीहरूले विहान सूर्यास्त हुनुअघि सेरी र सूर्यास्तपछि इफ्तार गर्नेगर्छन्। व्रत बस्नेहरूले पवित्र कुरानको पठन र अन्य धार्मिक गतिविधिहरूमा पनि संलग्न हुन्छन्। रमजानले मुस्लिमहरूलाई परोपकार गर्न, गरिब र खाँचोमा परेकाहरूको सेवा गर्न, जकात वा अनिवार्य दान गर्न पनि प्रोत्साहित गर्दछ। महिनाको अन्त्यमा ईद पर्व मनाएर पर्वको समापन हुन्छ।
तस्बिरहरू : अभिषेक महर्जन