नेकपा एस सबैलाई आवश्यक छ : माधव नेपाल

नेकपा एस सबैलाई आवश्यक छ : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता सकियो भन्नु शतप्रतिशत गलत भएको बताएका छन्।

नेकपा एसको बागमती प्रदेश स्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अहिले कतिपयले जबजको सान्दर्भिकता नै सकियो भनेर भनिरहेकाले निन्दा गर्ने मान्छेहरू जुटिरहेको भन्दै यो शतप्रतिशत गलत भएको जिकिर गरे। उनले अतिवादमा नलाग्न नेताहरूलाई आग्रहसमेत गरे।

कार्यक्रमा उनले महिलामाथि हुने हिंसा बढ्दै गएको भन्दै नेपालमा कतिपय स्थनमा अझैपनि छाउपडि प्रथा कायम रहेकोले यसको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले नेपालको राजनीतिक तरंगित हुँदै छिटो परिवर्तन भइरहेको बताए । नेकपा एसलाई थाहै नदिइ कोर्स परिवर्तन गर्न खोजे पनि अहिले सबैलाई आवश्यकता परेको उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.