म्याग्दीका २७ योजना प्राथमिकीकरण

म्याग्दीका २७ योजना प्राथमिकीकरण
सुन्नुहोस्

बेनी : म्याग्दीका २७ वटा साझा आयोजना छनोट र प्राथमिकीकरण भएको छ। जिल्ला समन्वय समिति म्याग्दीको नवौ जिल्ला सभाबाट छनौट भएका सडक, पर्यटन पूर्वाधार, खेलकुद, खानेपानी लगायत आयोजना कार्यान्वयनका लागि प्राथमिकता दिने राजनीतिक दल, तीनै तहका जनप्रतिनिधि र सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन्। 

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संघीय र गण्डकी प्रदेश सरकार मार्फत बजेट भित्र्याउन साझा योजनाहरू छनोट र प्राथमिकीकरण गरिएको बताए। 

रणनीतिक महत्वका ११ वटा सडक योजना, पर्यटन प्रवर्द्धनका नौ वटा, सडक पुलका ४ वटा, खानेपानीका २ वटा र खेलकुद क्षेत्रको विकासका लागि एक वटालाई साझा योजनाका रुपमा तय गरिएको जिल्ला समन्वय समितिका प्रमुख थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.