प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा?

प्रतिनिधिसभा बैठक बस्दै, के छन् एजेण्डा?
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने दैनिक कार्यसूचीमा उल्लेख छ।

शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत्र ४ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक २०८० प्रस्तुत गर्न  सभामुख घिमिरेले समय दिएका थिए।

तर कांग्रेसका सांसदहरूले अनुसन्धानको दायरमा रहेका लामिछानेको गृहमन्त्री नियुक्तिका विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसदमा अवरोध गरेपछि कार्यसूची अघि बढ्न सकेन। 

गृहमन्त्री लामिछानेको नियुक्तिका विषयमा  प्रधानमन्त्रीको स्पष्ट धारणा नआएसम्म संसद चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.