हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुन्नुहोस्

झापा : झापाको हुलाकी राजमार्गमा तीन जना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

गौरीगञ्ज- १ मा गएराति सवा ९ बजेको  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट साईकल यात्री माझीको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। 

त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज- १ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो, सोही ठाउँका अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गम्भीर घाइते भएका छन्। घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड, रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.