महरालाई पुर्‍याइयो सरकारी वकिलको कार्यालय

महरालाई पुर्‍याइयो सरकारी वकिलको कार्यालय
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई सोमबार रुपन्देहीबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई प्रहरीले आजै विमानमार्फत् काठमाडौं ल्याएको थियो। उनलाई केही समय महराजगन्जस्थित सिआईबी कार्यालयमा उपस्थित गराइएको थियो। त्यसपछि म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। 

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो। जसमा माओवादी उपाध्यक्ष महरासहित उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलगायतलाई कारबाही गर्न सिफारिस गरिएको थियो। 

nullnullnull  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.