स्व. दिलीप महतोलाई सरकारले पर्यावरण सहिद घोषणा गर्नुपर्छ : प्रभु साह

स्व. दिलीप महतोलाई सरकारले पर्यावरण सहिद घोषणा गर्नुपर्छ : प्रभु साह
सुन्नुहोस्

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले स्व. दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न सरकारसँग माग गरेको छ। साढे ४ वर्षअघि खोलामा भैरहेको अवैध उत्खनन् रोक्न गएका धुनुषाको मिथीला नगरपालीका-५ श्रीपुरका २५ वर्षीय दिलीप भनिने ओमप्रकाश महतोलाई क्रसर माफियाहरूले टिपरले किचेर निर्मम हत्या गरेका थिए। 

‘उनलाई पर्यावरण सहिद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछु,’ संसदमा बोल्दै अध्यक्ष साहले माग गरे। पीडित परिवार न्यायका लागि निरन्तर संघर्ष गर्दै आएका छन्। सरकारले पनि न्याय दिलाउने र दिलीपलााई पर्यावरण सहिद घोषणा गर्ने भनेर पीडित परिवारसँग मधेस प्रदेश सरकारले सम्झौता गरेको थियो। तर, अहिलेसम्म सहिद घोषणा गरेको छैन। पीडित परिवार न्यायका खातिर काठमाडौंमा भौतारिरहेका छन्।  स्व. दिलीप विषयमा के भैरहेको छ भन्नेबारे सरकारसँग अध्यक्ष साहले संसदमा जवाफ मागे। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.