महरा अस्पताल भर्ना
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्। उनी नर्भिक अस्पतालमा भर्ना भएका हुन्।
काठमाडौं जिल्ला अदालतले महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउन आदेश दिएको थियो। अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद थप्न आदेशसमेत दिएको थियो।
सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबार महरालाई रुपन्देहीबाट पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै उनलाई काठमाडौं ल्याइएको थियो।