संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ ।
सभामुखले हरेक समूहमा १५ जना सांसद रहने गरी १७ समूहमा विभाजन गरेका छन्। यसअघि पनि प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गरिएको थियो ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले 'भन्सार विधेयक'माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहनेछ।