चेरी फूलले ढकमक्क राजधानी (फोटो फिचर)
काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा चेरी फूल ढकमक्क फुलेको छ। यसले राजधानीको सुन्दरता पनि बढाएको छ।
सडक छेउछाउँमा फूलेको चेरीले राजधानीबासीलाई मनमोहक बनाउने काम गरेको छ। पैदलयात्रीहरूले चेरी फूलसँगै सेल्फी खिचाउँदै रमाउने गरेको भेटिन्छन्। वसन्त ऋतुमा फूल्ने चेरी जापानको राष्ट्रिय फूल पनि हो।