सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
सुन्नुहोस्

काठमाडौं : नेप्से परिसूचक आज पनि घटेको छ। तेस्रो कारोबार दिन मंगलबार ६.२४ अंकले घटेको नेप्से यसदिन ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.३६ अंकले घटेर ३६८.०३ विन्दुमा अडिएको छ।

नेप्से घटेको बजारमा कारोबार रकम पनि मंगलबारको तुलनमा घटेको छ। ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ३ अर्ब  ६२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सामान्य अंकले बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्ने‍मा गोर्खाज फाइनान्स,बुद्ध भूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्ट रहेका छन्।

यसैगरी गुराँस लघुवित्त वित्तीयको ९.९४ र धवलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर ९.२८ प्रतिशतले उकालो लाग्यो। यसदिन कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो।  सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

शिवम् सिमेन्टको १७ करोड,गोर्खाज फाइनान्सको ११ करोड,हिमालयन रिइस्योरेन्सको र फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ७/७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ।

माइक्रो फाइनान्स,म्युचुअल फण्ड र ट्रेडिङ उपसमूहको सूचक बढ्दा अन्य १० वटाको उपसूचक घटेको हो। कारोबारमा ९४ कम्पनीको मूल्य बढेको छ भने  १४७ कम्पनीको घटेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.