मोहन विक्रम सिंहले आफू कम्युनिष्ट भनेर जिन्दगीभरि ढाँटे : केपी ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मोहनविक्रम सिंहले आफू कम्युनिष्ट भनेर जिन्दगीभरि ढाँटेको आरोप लगाएका छन्। काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मोहन विक्रम सिंहको पतन भएको बताए।
उनले कांग्रेस सत्ता बाहिर पुगेपछि मोहन विक्रम सिंहले छाती पिटीपिटी रोएको बताए। 'मोहन विक्रम सिंह, कांग्रेस बाहिर गयो भनेर छाती पिटीपिटी रुँदैछन्। कांग्रेसको सरकार भए त श्रीमतीलाई राष्ट्रियसभामा मनोनीत गरेर पठाउँथे होला भन्दै ग्वाँग्वाँ रोइरहेका छन्,' उनले भने, 'मान्छेहरू यसरी पतन हुन्छ।'
अध्यक्ष ओलीले सिंहले जिन्दगीभरि आफू कम्युनिष्ट भनेर ढाँटेको आरोप लगाए। 'जिन्दगीभरि कम्युनिस्ट भनेर ढाँट्यो ढाँट्यो अनि बुढ्यौली लागेपछि कांग्रेस। त्यस्ता अवसरवादीहरू कहाँबाट के टिपु भनेर मानसिकता फेर्छन्,' ओलीले भने।
उनले एमाले अवसर देखेर बदलिने पार्टी नभएको बताए। उनले आफ्ना नेता-कार्यर्तालाई पनि त्यस बाटोमा नजान आग्रह गरे।