उपनिर्वाचनमा उम्मेदवार उठाउन एकीकृत समाजवादीले गठबन्धन दलसँग छलफल गर्ने

उपनिर्वाचनमा उम्मेदवार उठाउन एकीकृत समाजवादीले गठबन्धन दलसँग छलफल गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेद्वार तय गर्न गठबन्धन दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनदलहरूसँग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीसँग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्नसक्ने बताए। पार्टी कार्यालयमा सञ्चारकमीसँग कुरा गर्दै खनालले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट वामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्नसक्ने बताए।

इलाम-२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.