७ महिनामा फेरिए ४ प्रशासकीय अधिकृत
बझाङ : बझाङको बुंगल नगरपालिकामा पछिल्लो ७ महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजबाट बुंगल नगरपालिकाको प्रशासन र आर्थिक अधिकारसहितको जिम्मेवारीमा नरेश कुँवरलाई पठाएको छ।
गत असोजमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रशाद चापागाईको मकवानपुर सरुवा भएपछि मन्त्रालयले २ महिनाका लागि धुर्वराज जोशीलाई निमिक्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो।
उनको कार्यवधि मंसिर २४ गते सकिएपछि माधवराज जोशीलाई जिम्मेवारी दिइएको थियो। जोशीले उपचारका लागि लामो समयसम्म बाहिर जानुपर्ने भन्दै राजीनामा दिएका थिए।