नेपाल खत्तम भै सक्यो र !

नेपाल खत्तम भै सक्यो र !
सुन्नुहोस्

अहिले देश खत्तम भो भन्ने वर्ग यही हो जसले नकारात्मक कुरा गरेर त्यसबाट फाइदा लिइरहेको छ।

पहिले सबैको थेगो बनिसकेको छ, ‘नेपाल खत्तम भयो देशमा केही हुँदैन। अनि प्रायःजसोको एउटै लक्ष्य भनेको देश छोडेर विदेश जानु  छ। मानौ कि विदेशमा पैसाको बोट छ। अहिले के साँच्चीकै देश खत्तम भइसकेको भन्दा कतै हामीलाई वनको बाघले नभएर मनको बाघले खाइरहेको त छैन  ? एकपटक गम्भीर ढंगले मनन गरौं। 

अन्य विकासशिल जस्तै नेपालमा समस्या रहेको छ यहाँ सुशासनको अभाव छ, भौतिक संरचनाहरूको अभावमा हामीले अलिक कष्टपूर्ण जीवन बिताइरहेका छौं तर के साँच्चीकै हामीले भनेको जस्तो देश खत्तम भइसक्यो त। पक्कै पनि छैन। हाम्रो अहिलेको मुख्य समस्या भनेको केवल जवाफदेहिताको अभाव हो। 

केही समय पहिले बेलायतमा बस्ने मेरो एकजना नातेदार नेपाल आएको बेलामा सम्पूर्ण चेकअप गरेर जानुभयो किनभने यहाँका अस्पतालले प्रदान गर्ने सेवा भौतिक संरचनाबाहेक त्यहाँको भन्दा राम्रो भएको उहाँको भनाइ थियो किनकी त्यहाँ यही प्रकारको सेवा प्राप्त गर्नका लागि एकदम धेरै समय कुर्नुपर्ने रहेछ। यहाँ सेवा राम्रो नभएर होइन सर्वसाधारणले प्राप्त गर्ने सुविधामा सुविधा सम्पन्नहरूले राजनीतिक तथा अन्य आडमा ओगटेर लक्षित वर्गमा पुग्न नसकेको मात्र हो। अहिले देश खत्तम भो भन्ने वर्ग यहि हो जसले नकारात्मक कुरा गरेर त्यसबाट फाइदा लिइरहेको छ।

आर्थिक मन्दीः अहिले आर्थिक मन्दिले सब खतम भयो भन्ने जुन भाष्य सिर्जना गरिएको छ त्यसमा केही हदसम्म मात्र सत्यता छ। अहिले हामीले कतिवटा सटर बन्द भए भन्ने हेडलाइन सुनिरहेका हुन्छांै र देश खत्तम भो भनेर गुनासो गर्छाैं तर अहिलेको अनलाइन दुनियाँमा पहिलेको जस्तो ग्राहक पसलमा आउने होइन कसरी उपभोक्ताको चासो परिवर्तन भइरहेको छ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। उदाहरणका लागि पहिले सार्वजनिक यातायात चढेर किनमेल गर्न जाने ग्राहक अहिले गाडी चढेर किनमेल गर्न जान्छ उसलाई बार्गेनिङ गर्ने फुर्सत छैन त्यसैले उ असन वा न्युरोडको साटो सुपरमार्केटतिर स्थानान्तरण भइरहेको छ तर हामी ग्राहकको आवश्यकताअनुसार परिवर्तन हुनुको साटो सरकारलाई गाली गरेर आफ्नो कमजोरी ढाक्ने प्रयास गर्दैछौं। अहिलेको मुख्य आवश्यकता सबै क्षेत्रमा नयाँ आएको परिवर्तनलाई आत्मसात गरेर सोअनुसार परिवर्तन हुनु हो। आर्थिक मन्दीले केही मानिसलाई असर गरे पनि धेरैलाई यो जवाफदेहीताबाट भाग्ने माध्यम बनेको छ।

पुँजीको सम्मानः कुनै पनि देशले आर्थिक रूपमा सम्पन्न हुनका लागि पुँजीको एकदमै महत्वपूर्ण भूमिका हुन्छ तर हाम्रो भाष्य पुँजीपतिहरू सम्मानको साटो निरुत्साहित गर्ने खालको छ चाहे त्यो उद्योगहरूमा समस्या सिर्जना गरेर होस् वा उनीहरूलाई शंकाको भरमा धरपकड गरेर होस। विगत केही समयदेखि बैंकिङ क्षेत्रमा निरन्तर प्रहार गरिँदै आएको छ र उनीहरूलाई नकारात्मक चित्रण गर्ने प्रयत्न भएको छ तर वास्तवमा लगानीको अनुपातमा बैंकका सेयरधनीहरूले प्राप्त गरिरहेको प्रतिफल त्यस्तो आकर्षक छैन जसका कारण अहिले धेरै संस्थापक सेयरधनीहरू सेयर बेचेर अन्य क्षेत्रमा स्थानान्तरण भइरहेका छन्। पुँजीमाथि जुन हिसावले प्रहार भइरहेको छ जसको प्रभाव नेपाली अर्थतन्त्रले दीर्घकालसम्म भोग्नुपर्ने हुन्छ तर राजनीतिक लाभहानीको हिसाब किताबमा जिम्मेवार व्यक्तिहरूले समेत गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन्। 

स्वतन्त्रताको महत्वः हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं त्यसैले हामी केवल आफ्नो कमजोरी सरकारलाई थोपरेर सरकारलाई गाली गरेर बिताउँछांै तर सोचौं त नागरिकका रूपमा हामिले आफ्नो कर्तव्य कति पालना गरेका छौं। हालै सोमालियामा कार्यरत रहँदा मसँगै काम गर्ने अर्को अफ्रिकी देशको साथि आफ्नो काम सकिएर घर फर्कँदा उसले आफ्नो देश फर्कदा असुरक्षित महसुस गरेर यूएनको कार्डपछि फर्काउने भनेर लिएर जान बाध्य भएका थिए यसवाट महसुस हुन्छ स्वतन्तताको महत्व। समाजमा मबाहेक अरू सबैले नियम पालना गर्नुपर्छ भन्ने मान्यता हावी हुँदै गर्दा दुर्गा प्रसाईंजस्ता अराजकता समाजमा पैmलिरहेका छन्। एउटा उदाहरण हेरौं देशको कानुनको उल्लंघन गर्दै युवाहरू रुसी सेनामा भर्ना हुन जान्छन् र उनीहरूको निधन भयो भने हामि सरकारलाई नालायक भन्दै गाली गरेर आफ्नो शक्ति खेरा फालिरहेका छौं। हो, उनीहरू त्यस्तो जोखिमपूर्ण काममा जाने वातावरण कसरी बन्यो भन्ने एउटा छलफलको विषय होला तर हामीले सरकारलाई गाली गर्नुको साटो कसरी आप्रवासनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न सकिन्छ।  

कतार एअरलाइन्समा समस्याः केही समय पहिले म सोमालियाबाट कतार एयरवेजको जहाजमा नेपाल फर्किरहेको थिए सोमालियाबाट उडेको सो जहाज जिबुटीमा अन्य यात्रुहरू लिएर उड्ने बेलामा केही प्राविधिक समस्या आयो। प्राविधिकहरूले केही समय प्रयास गर्दा पनि सो समस्या समाधान हुन नसकेपछि सो बिमान त्यहीँ रोकिएर सबै यात्रुहरूलाई एकदिन त्यहीँकै होटलमा राखेर अर्कोदिन अन्य विमानमार्पmत गन्तव्यमा पठायो। यो घटनापछि मलाई हाम्रो देशमा विमानमा समस्या आउँदा बन्ने हेडलाइनको याद आयो। हो, प्राविधिक समस्या सबै जहाजमा आउँछन् तर कतार एयरवेजको २२९ वटा जहाज भएकाले एउटा जहाजमा प्राविधिक समस्या आउँदा उसलाई खासै धेरै समस्या भएन तर हाम्रो नेपाल वायुसेवाका ३–४ वटा जहाज भएकाले एउटा जहाजमा समस्या आउँदा करिब २५ प्रतिसत उडान प्रभावित बन्न पुग्छ। समस्या जहाजमा प्राविधिक समस्या आउनुभन्दा पनि जहाज उडाएर आम्दानी गरेर नाफा कमाउने उद्देश्य भएको संस्थामा विमान नहुनु र यसको व्यवस्थापनलाई आफ्नो राजनीतिक स्वार्थसंग जोड्नु हो। 

एनआरएनको खण्डीकरणः नेपालको छवि राम्रो बनाउन गठन भएको  गैरआवासीय नेपाली (एनआरएन ) राजनीतिक खिचातानीको कारण विगतदेखि नै विवादित बन्दै आइरहेको थियो जुन कुराको क्लाइमेक्स गएको एनआरएन सम्मेलनमा देखियो जसले जतिसुकै सभ्य देशमा बस ेपनि हाम्रो नकारात्मक मानसिकता जाँदैन भन्ने कुरा देखिएको छ। एनआरएनको भूमिका विकसित देशमा प्रविधि स्वदेश ल्याउन सहयोग गर्दै नेपालको बिकासमा सहयोग गर्नुपर्नेमा धेरै एनआरएन हरूको समय नेपाललाई गाली गर्दैमा सकियको छ। 

यी त केही प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् अहिले नेपालको बारेमा नकारात्मक कुरा यसरी पैmलाइएको छ कि नेपालमा बिग्रन बाँकी केही पनि छैन। जसले गर्दा पुँजी र श्रमको पलायनको भयावह अवस्था सिर्जना भइरहेको छ। तसर्थ सबै जना मिलेर गलतलाई गलत भन्दै सकारात्मक कुराको पनि चर्चा गरौं। र, देशलाई थप जर्जर बन्नबाट जोगाऔं।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.