ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ
स्याङ्जा : ज्यान मार्ने उद्योग मुद्दा फरार आरोपित २५ बर्षपछि फक्राउ परेका छन्। जिल्ला अदालत स्याङ्जाले २०५५ सालमा ३ वर्ष ८ महिना ४ दिनको कैद सजाए तोकेपछि फरार रहेको दूतप्रसाद गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
विरुवा गाउँपालिकाका ४८ वर्षीय गुरुङलाई गोप्य सूचनाका आधारमा मंगलबार पक्राउ गरी बुधबार अदालतमा उपस्थित गराएपछि कैद भुक्तानका लागि कारागार शाखामा पठाइएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।
यसैगरी, वस्तु बिकीरि करार मुद्दामा एक वर्ष अघि कैद सजाय तोकिएका रामप्रसाद पराजुली पनि पक्राउ परेका छन्। वालिङ नगरपालिका घर भइ ललितपुर उपमहानगरपालिका सातदोबाटो बस्दै आएका २८ वर्षीय पराजुली काठमाडौंबाट पक्राउ परेका हुन्।
अदालतले २०७९ फाल्गुन ३० गतेको फैसलाले २ वर्ष कैद तोकेपछि उनी फरार थिए। पराजुलीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए।