सभामुख घिमिरेसहित दलका प्रमुख सचेतक स्वीजरल्याण्ड प्रस्थान

सभामुख घिमिरेसहित दलका प्रमुख सचेतक स्वीजरल्याण्ड प्रस्थान
संसद सचिवालय
सुन्नुहोस्

काठमाडौं :  सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक स्वीजरल्याण्ड प्रस्थान गरेका छन्। अन्तर व्यवस्थापिका संघको १४८औँ महासभामा सहभागी हुन घिमिरेको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।  

संसद सचिवालयका प्रवक्ता दशरथ धमलाका अनुसार महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई  र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी छन्।

null

जेनेभामा चैत्र १० गतेदेखि १४ गतेसम्म  महासभामा सञ्‍चालन हुँदैछ। सभामुख घिमिरेले संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण विषयमा सङ्घीय संसद्कोतर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।सभामुख घिमिरेले चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । संसद बैठक चैत्र १८ गते बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.