माछा मार्न गएका बालक तिला नदीमा बेपत्ता

माछा मार्न गएका बालक तिला नदीमा बेपत्ता
सुन्नुहोस्

कालीकोट : कालीकोटको तिलागुफा नगरपालिका-६ गाल्जेस्थित तिला नदीमा डुबेर बालक बेपत्ता भएका छन्। तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन्। 

विद्यालयबाट आएर सधैं उनी तिला नदीमा माछा मार्न जान्थे। उनले सधैंजसो नदीमा गएर माछा मारेर ल्याउने गरेका थिए। उनका साथीका अनुसार ढुंगामा चिप्लिएर गणेश बेपत्ता भएका हुन्। खुट्टा चिप्लिएको ठाउँदेखि तलसम्म आफूलाई बचाउन गुहार गरिरहेका थिए। तर निकै खोँच भएकाले उनको उद्धार गर्न नसकिएको हो। 

प्रहरी चौकी गाल्जेका प्रहरी जवान गगन रावतका अनुसार अहिले उनको खोजी भइरहेको छ। नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोलीसहित स्थानीयले बालकको खोजी गरिरहेका छन्। 

बेपत्ता बालक कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.