दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
दोलखा : गौरीशंकर गाउँपालिका-५ सुरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्याक्टर चालक गौरीशंकर-५ तिनेखुको २३ वषीर्य वुद्धिवीर तामाङ र गौरीशंकर-५ भोर्लेका ४३ वर्षीय अमृत तामाङ रहेका छन्। दुर्घटनामा परी घाइते भएका भोर्ले कै १९ वर्षीय पेम्बा तामाङलाई उपचारका लागि सिंगटी ल्याइएको छ।
गौरीशंकर गाउँपालिका सुरीको तिनेखु भन्ने ठाउँबाट सिंगटी बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टर स्थानीय ठूलो चौतारा नजिकै दुर्घटना भएको गौरीशंकर गाउँपालिका-५ का वडाध्यक्ष सुन्दर खड्काले बताए।
ट्याक्टर सडकबाट करिब १ सय ८० मिटर तल झरेको अध्यक्ष खड्काले बताए। प्रहरीका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भई तल खसेर दुर्घटना भएको जनाएको छ। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय सिंगटीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।