सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुन्छ :  पूर्वप्रधानमन्त्री खनाल

सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुन्छ :  पूर्वप्रधानमन्त्री खनाल
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।

“देशको विकास गर्न र विकृति विसङ्गतिलाई अन्त्य गर्न समाजवाद आवश्यक छ, समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ,” उनले भने । समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्न सकिने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुनसक्ने बताए । देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री खनालले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पूँजीवादी शक्तिका विरुद्ध पनि आम जनता एकताबद्ध हुनुपर्ने उल्लेख गरे। उनले विद्यार्थीलाई उपल्लो निकायसम्म पुगे पनि भ्रष्टाचारमा नलाग्न अनुरोध गरे। - रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.