सुदूरपश्चिम प्रदेशबाट ५५ हजार विद्यार्थी एसईई परीक्षा दिँदै

सुदूरपश्चिम प्रदेशबाट ५५ हजार विद्यार्थी एसईई परीक्षा दिँदै

डोटी : यही चैत्र १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्ण बहादुर बोहराले दिएको जानकारी अनुसार यस वर्ष ५५ हजार विद्यार्थीमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा रहेका छन् ।

परीक्षाको मिति नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशका नौ वटै जिल्लाका लागि दुई सय ११ परीक्षा केन्द्र, दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राअध्यक्ष तोकिएको बोहराले बताए ।

त्यस्तै परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार सात सय ४३ निरीक्षक, पाँच सय ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर कुल ८ हजार एक सय ४३ जना कर्मचारीहरू परिचालित हुने निर्देशनालयले जनाएको छ ।

परीक्षामा सहभागी हुने मध्य सबैभन्दा बढी कैलालीबाट रहेका छन् । कैलालीबाट १८ हजार सात सय २० परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । त्यस्तै कञ्चनपुरबाट १० हजार तीन सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार नौ सय ५० विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् ।

त्यस्तै बझाङ्गबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार तीन सय २८, बाजुराबाट दुई हजार नौ सय ३४, दार्चुलाबाट दुई हजार सात सय ५० र डडेलधुराबाट दुई हजार पाँच सय ५७ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्ष तीन वटा परीक्षा केन्द्र थप भएका छन् । गत वर्ष दुई सय आठ वटा परीक्षा केन्द्र रहेको भएपनी यस वर्ष तिन वटा बढेर दुई सय ११ रहेका निर्देशनालयले जनाएको छ । यस वर्ष दुई वटा कञ्चनपुर र एउटा बझाङ्गमा थप केन्द्र तोकिएको थियो ।  यस वर्ष परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए । उनका अनुसार पहिला ८ सय पूर्णाङ्कको हुन्थ्यो भने अहिले ७ सयको हुनेछ । प्राविधिक तर्फ पनि पहिला १० विषय हुन्थ्यो भने अहिले ९ विषय रहेको उनले बताए ।

डोटीमा तीन हजार बढी विद्यार्थी एसईई परीक्षा दिँदै

डोटी जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) तीन हजार तीन सय २८ विद्यार्थीहरूले दिने भएका छन् । यही पुस १५ गते देखि सुरु हुन गइरहेको एसईई परीक्षामा नियमित र गे्रडबृद्धि तर्फ गरी तीन हजार तीन सय २८ विद्यार्थीहरु परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख राम दत्त भट्टले बताए ।

डोटी जिल्लामा १२ वटा परीक्षा केन्द्र रहेका छन् । जसमा सबै भन्दा बढी विद्यार्र्थी राधाकृष्ण माध्यामीक विद्यालय गोपघाट परीक्षा केन्द्रमा चार सय ९८ जना रहेका छन् । त्यसैगरी क्रमशः सरस्वती मावि सानागाउँ परीक्षा केन्द्रमा तीन सय ४४ जना, पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढी परीक्षा केन्द्रमा तीन सय ४१ जना, दिल्पेश्वर मावि दिपायल परीक्षा केन्द्रमा तीन सय ६९ जना, सुजङ्ग बोर्डिङ स्कुल राजपुर परीक्षा केन्द्रमा तीन सय ७३ जना, ओम आधारभूत विद्यालय सायल परीक्षा केन्द्रमा दुई सय २७ जना रहेका छन् ।

त्यस्तै शारदा मावि मौवा परीक्षा केन्द्रमा दुई सय ९४ जना, झिमेमालीका मावि वायल परीक्षा केन्द्रमा दुई सय ३३ जना, खत्याडी मावि खत्याडी परीक्षा केन्द्रमा एक सय ४५ जना, रामपुर मावि बुडर परीक्षा केन्द्रमा एक सय ७२ जना, दुर्गा मावि लमौते परीक्षा केन्द्रमा एक सय २२ जना र बर्छैन मावि बर्छैन परीक्षा केन्द्रमा दुई सय १० जना विद्यार्थीहरु रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।

परीक्षाको मिति नजिकिँदै गर्दा तयारी अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ । प्रत्येक परीक्षा केन्द्रमा सम्बन्धित विद्यालयको प्रअ केन्द्राध्यक्ष रहेको समेत जनाइएको छ । परीक्षा बिहान ८ बजे देखि हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.