साउदीमा होली मनाइयो
साउदी : साउदीमा कार्यरत नेपालीहरूले होली पर्व मनाएका छन्। साउदीमा रहेको हेल्प मधेसी संस्थाले पाँचौ महाधिवेशनको अवसर पारेर साउदीमा रहेका नेपालीहरू आमन्त्रित गर्दै दमाम सहरमा होली मनाएको हो।
संस्थाका अनुसार वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विदेशमा पनि परम्परागत रूपमा मनाइने र धर्म संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होली मनाइएको बताए।
होली कार्यक्रममा जगिरा सर सर, भोले शंकर, हरे कृष्ण जस्ता गीतका साथ नृत्य प्रस्तुत गरिएका थिए भने एक आपसमा रङ लगाई होलीको शुभकामना आदानप्रदान गरिएको थियो।
नेपाली राजदूतावास रियादका श्रम सहचारी देवेन्द्र कार्की, साउदीमा रहेका विभिन्न संघ संगठनका प्रतिनिधि र नेपालीहरूको उपस्थिति थियो।