राज्यमन्त्री कार्कीले लिए शपथ
काठमाडौं : नव नियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राज्य मन्त्री कार्कीलाई शपथ खुवाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीका सांसद कार्कीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम आज राज्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
कार्की धनुषा क्षेत्र नम्बर १ का सांसद हुन्।