बिर्तामोडको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

बिर्तामोडको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी  गरेको छ। न्यायाधीश डा.कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

व्यवसायी दुर्गा प्रसाईंले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर विवाद सिर्जना भएको थियो। सरकारले दिएको आशयपत्रअनुसार सबै प्रक्रिया पूरा भएर पनि  सम्बन्धन नपाएपछि व्यवसायी दुर्गा प्रसाईंले २०७८ साल भदौ २४ गते सर्वोच्चमा रिट दिएका थिए।

चिकित्सा शिक्षा आयोग सानोठिमी,भक्तपुर समेत, उपाध्यक्ष चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुर , उपकुलपतिको, काठमाडौं विश्वविद्यालय उपकुलपतिको कार्यालय धुलिखेल काभ्रे , रजिष्टार काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे , प्राज्ञिक परिषद काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे , विद्यापरिषद स्कुल अफ मेडिकल साइन्सेस काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे , डीन, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस डिनको कार्यालय धुलिखेल काभ्रे, कार्यकारी परिषद् काठमाडौं विश्वविद्यलाय धुलिखेल काभ्रेलाई रिटमा विपक्षी बनाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.