आठ दिनदेखि बेपत्ता बालक इन्द्रावती किनारामा मृत फेला
काभ्रे : मण्डनदेउपुर नगरपालिका-१२ ज्याम्दी ठूलीबेंसीका १३ वर्षीय दिलभ पराजुली मृत फेला परेका छन्। पराजुली चैत ५ गते साँझ ७ बजे घरबाट निस्किएका थिए।
उनको खोजीका लागि प्रहरी लगायत स्थानीयहरू लागेका थिए। आठ दिनपछि बालक मृत अवस्थामा फेला परेका हुन्। उनको शव इन्द्रावती नदीमा आइतबार बेलुका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गराएको थियो।
आफन्तले बेपत्ता बालकको शव पहिचान गरेपछि सोमबार धुलिखेल अस्पतालमा पोस्टमार्टम गर्न ल्याएको प्रहरीले जनाएको छ। बालक पराजुली इन्द्रावती माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए।