जलवायु उत्थानशील पालिका घोषणा हुँदै नरहरिनाथ

जलवायु उत्थानशील पालिका घोषणा हुँदै नरहरिनाथ

कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका जलवायु उत्थानशील गाउँपालिका घोषणा हुने भएको छ। विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको नरहरिनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम तय गरी जलवायु उत्थानशील गाउँपालिका घोषणा गर्ने भएको हो। 

जलवायु अनुकूलनमैत्री पालिका घोषणा गर्न सबै सूचकहरु पास गरी राजपत्रमा प्रकाशित सूचनाका आधारमा पालिकालाई जलवायु उत्थानशील गाउँपालिका बनाउने गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टले बताए।  

उनले भने, 'जलवायु परिवर्तनका कारण हुने असरहरूका विषयमा नरहरिनाथवासी सचेत भएका छन्। सरकार प्रतिवद्ध छ, जनताले दुख पाउनु हुँदैन। गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले भने २०७७ सालमा आएको बाढीपहिरोमा परी दर्जनौ नरहरिनाथवासीको ज्यान गयो। जलवायु परिवर्तनले पार्ने असर र यसबाट बच्न सक्ने प्रयासका विषयमा यहाँका नागरिकहरू जानकार भएका भए यती ठूलो क्षति बेर्होनुपर्ने अवस्था आउने थिएन। 

वर्तमान स्थानीय सरकार सचेतपूर्ण ढंगले लागिपरेको छ। पछिल्लो समयमा जलवायु परिवर्तनका कारण अनियमित रुपमा वर्षा हुनु, स्वास्थ्यमा समस्या देखिनु, कृषि बालीमा रोग लाग्नु, छिटोछिटो हिउँ पग्लनु लामो समयसम्म पानी नपर्नुले जनजीवनमा कष्टकर भएको साहास नेपाल पाइला परियोजना संयोजक मनिक्षा आचार्यले बताइन्। उनले भनिन्, भूक्षय हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरू पनि नरहरिनाथमा देखिएका छन्। यसलाई न्युनीकरण गर्दै कृषि अनुकूल प्रणालीको प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरी त्यसलाई कृषिजन्य उत्पादनमा प्रयोग गर्ने र वनजंगलको संरक्षण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनुपर्छ।' 

नागरिक र सरकोकारवाला बीच राखिएको अन्तरसंवाद कार्यक्रममा किशोरी पविता विश्वकर्माले भनिन् ,'जलवायु परिवर्तनका कारण बालबालिकाहरूमा पनि असर परेको छ। यस्तो अवस्थामा पनि स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै छिट्टै जलवायु उत्थानशील पालिका घोषणा गर्न अनुरोध गर्दछु।'

निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सहकारीले  विपद् तथा जलवायुजन्य उत्थानशील योजना २०८० मा समाहित गरिएका योजनाहरूलाई पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समाहित गरेको बताए। अध्यक्ष बिष्टले गाउँपालिकालाई सन् २०२४ भित्रै जलवायु उत्थानशील पालिका बनाउने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.