खोजी स्थिरताको

खोजी स्थिरताको
सुन्नुहोस्

२००४ सालमा बनेको नेपालको वैधानिक कानुनदेखि गणना गर्दा नेपालले ७ दसकमा ७ वटा संविधान पाइसक्यो । तर मुलुकमा राजनीतिक स्थिरताको छनक छैन । व्यवस्था परिवर्तन पटकपटक भए तर मुलुक परिवर्तन अपेक्षाकृत ढंगले भएको छैन । देश छाड्नेहरूको लर्काे विमानस्थलमा दिनहुँ देखिन्छ । यो देशमा केही हुँदैन, यो देश बन्दैन भन्ने भाष्य जनजनमा पुग्नुको परिणाम नै युवाहरूको विदेश पलायन हो । २०७४ सालमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर चुनाव लडे र जिते पनि । त्यस पछिको वर्ष नेपालबाट विदेशिने केवल २ लाख थिए । ७९ सालमा भने झन्डै १० लाख पुग्यो । यसैले देखाउँछ कि सरकारमा भइरहेको फेरबदल र अस्थिरताकै उपज युवाहरूको विदेश पलायन हो ।

समानुपातिक निर्वाचन प्रणाली भएको हुँदा कुनै पनि एउटै दलले बहुमत ल्याउने सम्भावना कम छ । तर हामीले समावेशिताको जुन सिद्धान्त अंगालेका छौं, त्यसका लागि समानुपातिक प्रणाली आवश्यक भएको हो । तर, नेताका आसेपासे र परिवार वा नातापाताका लागि समानुपातिक प्रणालीको दुरूपयोग भइरहेको छ । समानुपातिक कोटाको खरिदबिक्री गरी दलहरूले यो प्रणालीकै धज्जी उडाएका छन् । प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष निर्वाचित सांसदको सदन बनाउने हो भने कुनै एक दल विशेषको बहुमत आउने र उसले स्थिर सरकार दिने कल्पना गर्न सकिन्छ । समानुपातिक र समावेशिताको सिद्धान्तलाई भने राष्ट्रिय सभामा लागु गर्ने विकल्प हुनसक्छ ।

२०७४ सालको निर्वाचनपश्चात शान्तिपूर्ण निर्वाचनकै माध्यमबाट सत्ता हस्तान्तरणको जुन परिपाटी नेपालमा बसेको छ, त्योचाहिँ सकारात्मक हो, जसले स्थिरताको सन्देश दिन खोजेको छ, तर बारबार सरकारको फेरबदली र दलहरूले गरिरहेको गठबन्धनको हेराफेरीले भने नागरिक जमात वाक्क छ । सरकार प्रमुखको ध्यान देश र जनतामा भन्दा सत्ता टिकाउनमात्रै केन्द्रित हुनुपर्ने संसदीय अंक गणितको जुन समस्या छ, त्यसका लागि संविधानकै संशोधनको जरुरत देखिन्छ । निर्वाचन प्रणाली बदल्ने, निर्वाचन खर्चिलो र भडकिलो बन्न नदिन सांसदहरू कानुन निर्माणमा केन्द्रित हुने तर मन्त्री बन्न नपाउने व्यवस्था गर्न सकिन्छ ।

द्विसदनात्मक व्यवस्था भनेकै प्रत्यक्ष निर्वाचन लड्न नसक्ने वा नचाहने र देशलाई आवश्यक कानुन निर्माताहरूको थलोका लागि हो । राष्ट्रिय सभा यसको सिद्धान्त अनुसार थिंकट्यांक थलो बन्न सकेको छैन । प्रत्यक्ष निर्वाचन हारेपछि राष्ट्रिय सभाको सदस्य बन्ने र मन्त्री हुने जस्केलो जो भइरहेको छ । यसमा पनि राष्ट्रलाई आवश्यक भन्दा पनि पार्टी र नेताका खल्तीका व्यक्तिको प्रतिनिधित्व जो भइरहेको छ । त्यही विकृति र विसंगति अन्त्यका लागि राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधित्वबाट समावेशिताको सिद्धान्तलाई कार्यान्वयन गर्ने एउटा विकल्प हुनसक्छ । जसका लागि संविधानकै संशोधनको जुन जरुरत छ, दलहरूले त्यो पहल कदमी लिनसक्छन् । देशलाई शान्ति र स्थिरताको लागि भनेरै संविधान सभाबाट दलहरूले लगभग सर्वसम्मतीबाट जसरी संविधान निर्माण गरे, त्यसरी नै संशोधनका खातिर दलहरू एकजुट भइदिए राष्ट्रको कल्याण अवश्यक हुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.