देशमा स्थायी गठबन्धन छैन,प्रदेश सरकारलाई नफेरौं : शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पटक-पटक प्रदेशर सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि ठीक हुने बताएका छन्। मंगलबार फेसबुकमा लेख्दै नेता कोइरालाले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको तर्क गरेका छन्।
स्थायी गठबन्धन नहुँदा त्यसको असर संघ र प्रदेशमा पर्ने गरेको उल्लेख गर्दै मुलुकलाई स्थायी गठबन्धन आवश्यक रहेको औंल्याएका छन्।
वर्तमान प्रदेशसभाको अंक गणित हेर्दा संघकै गठबन्धनअनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको तर्का गरेका छन्।
यसले संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ। प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरूरी रहेको बताएका छन्। केन्द्रमा नेकपा एमाले नेतृ्त्वमा नयाँ सत्तासमीकरण बनेसँगै प्रदेश सरकारमा पनि त्यसको असर परेको छ। त्यसको शिकार प्रदेश सरकारका प्रमुखहरू हुने गरेका छन्।
'निर्वाचन भएको डेढ बर्षमै पटक(पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवस्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऔं,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।