राजनीतिमा छट्टुहरु हावी हुन थाले, घरभित्रको फोहोर सफा गर्नैपर्छ : गगन थापा

राजनीतिमा छट्टुहरु हावी हुन थाले, घरभित्रको फोहोर सफा गर्नैपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र गति र मति भएको मानिस चाहिएको बताएका छन्। मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको टिप्पणी गरेका हुन्।

‘नेपाली कांग्रेसभित्र हामीलाई यो बेला इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको छ। तर राजनीतिमा विस्तारै कस्तो हुन्छ भने छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ भने आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।’ थापाले भने,‘हाम्रो घरभित्र फोहोर छ, हामीले हाम्रो घरभित्र फोहोर सफा गर्नैपर्छ। कार्पेटभित्र राखेर हुँदैन। पवित्र बनाउनै पर्छ, ठिक ढंगले लय पक्रनै पर्छ।’

उनले धैर्यता भएको मानिस आवश्यक रहेको उल्लेख छ। ‘आफ्नो जीवनकालमा बदलियोस् भन्ने चाहना राखेको छ। नयाँ पुस्ताले चाडोभन्दा चाडो परिवर्तन होस् भन्ने चाहेको छ।  त्यसलाई चाहनालाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने गरेका छन्। त्यसलाई चेतनाको राजनीतिले पक्रनुपर्नेछ।’

उनले आफूलाई बदल्न चिन्तन र अध्ययन गर्नुपर्ने धारणा राखे। थापाले कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षले कोर विषय नै हराउने गरेको दाबी गरे। उनले केहि राम्रो गरौं भन्दाभन्दै गुटका कारण कोर कुरा हराउने स्पष्ट पारे।

प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्छु भनेर मात्र नहुने भन्दै थापाले कहिलेकाहि शक्ति संघर्ष हुने बताए। थापाले नवीन्द्रराज जोशी लामो रेसको खेलाडी रहेको भन्दै स्मरण गरे।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.