परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी यीबीच भेटवार्ता, चीनका परियोजनालाई अघि बढाइने

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी यीबीच भेटवार्ता, चीनका परियोजनालाई अघि बढाइने
तस्बिर : परराष्ट्र मन्त्रालय

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच मंगलबार भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच बेइजिङमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीचको भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने सहमति भएको छ। उनीहरुले द्विपक्षीय सम्बन्धको अवस्थाको मूल्याङ्कन गर्दै सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकमा चीन र नेपालका अन्य उच्च अधिकारीहरु समेत थिए। null

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्। चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ। 

नयाँ सत्ता समीकरण बनेसँगै परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.