सिन्धुलीमा ५ हजा ३१५ विद्यार्थीले एसईई दिँदै
सिन्धुली :बिहीबारबाट सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुली जिल्लाबाट ५ हजार ३ सय १५ जना परीक्षार्थी सहभागी हुँदैछन्। सामुदायिक तथा संस्थागत विद्यालयका २ हजार ५ सय छात्र र २ हजार ८ सय १५ जना छात्राहरू गरी कूल ५ हजार ३ सय १५ जना विद्यार्थी एसईईमा सहभागी हुन लागेका हुन्।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेका अनुसार जिल्लाबाट सामुदायिकतर्फ १ सय २३ र संस्थागततर्फ २२ गरी १ सय ४५ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सम्मिलित हुँदैछन् । जसमध्ये सामुदायिक विद्यालयतर्फ ४ हजार ७ सय ५६ जना र संस्थागत विद्यालयतर्फ ५ सय ५९ विद्यार्थीहरूले परीक्षामा भाग लिनेछन्,’घिमिरेले भने ।
उनका अनुसार जिल्लाबाट एसईईमा सहभागी ५ हजर ३ सय १५ विद्यार्थीमध्ये साधारणतर्फ ५ हजार १ सय १०,प्राविधिकतर्फ १ सय ७९ र ग्रेड वृद्धितर्फ २६ जना रहेका छन् । यस वर्ष परीक्षाका लागि २५ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।
परीक्षालाई मर्यादित बनाउन २५ जना केन्द्राध्यक्ष, ३३ सहायक केन्द्राध्यक्ष, २ सय ६७ जना निरीक्षक, ५२ जन परीक्षा सहायक र १ सय ४ जना सहयोगी तोकिएको छ । जिल्लाका २५ वटा परीक्षा केन्द्रका लागि ३ सय ७५ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। परीक्षा बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।