रुस जान श्रम स्वीकृतिको व्यवस्था खुला गरिएको छैन : श्रममन्त्री अर्याल

रुस जान श्रम स्वीकृतिको व्यवस्था खुला गरिएको छैन : श्रममन्त्री अर्याल
सुन्नुहोस्

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हालः कुनै पनि व्यक्तिलाई रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले रुस जान श्रम स्वीकृतिको व्यवस्था नगरिएको बताए। उनले रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको स्पष्ट पारे। 

वैदेशिक रोजगार व्यवसायीले रुसको सुरक्षित स्थानका लागि ल्याएको डिमान्डलाई स्वीकृती दिने निर्णय अघिल्लो मन्त्रीको पालामा भएको निर्णय भएकाले आफ्नो कार्यकालमा नै निर्णय भएको भन्ने कुरा गलत भएको उनले बताए। उनले अघिल्लो मन्त्रीको पालामा भएका निर्णयलाई पुनर्विचार गर्ने उल्लेख गरे। त्यस्तै उनले रुसमा रहेका नेपाली नागरिकको उद्धारका लागि सरकार गम्भिर रहेको धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.