काठमाडौं : नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ। बुधबार आईजीपी वसन्त कुँवरको अध्यक्षतामा बसेको बढुवा समितिले बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिए।
उनका अनुसार डीएसपीह ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या ८ (आठ) मा बढुवा गर्न चैत्र १४ बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’
यसैगरी प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, नर्सिङतर्फ प्रहरी उपरीक्षकमा नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगन्जमा कार्यरत कमला लामालगायतको पनि बढुवा भएको छ।