प्री ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक २.५६ अंकले बढेर २०३३.३२ बिन्दुमा पुगेको छ।
यो समयमा २९ स्टकको १ हजार ७७ कित्ता सेयर ५ लाख २६ हजार ७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्टकमध्ये १२ वटाको मूल्य बढेको छ भने १४ वटा स्टकको मूल्य घटेको छ।
बाँकी ३ स्टकको मूल्य यो समयमा स्थिर रहेको छ।