भारतमा आरजु राणाले गराइन् थाइराइडको शल्यक्रिया
काठमाडौं : नेपाली कांग्रेस सांसद डा.आरजु राणाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा 'हाइपर थाइराइड' को शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले जानकारी दिएका छन्।
राणा स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ। उनले आफ्नो शल्यक्रिया र उपचारमा खटिएको चिकित्सक र उनीहरूको टिमलाई धन्यवाद दिएकी छन्।
चिकित्सकको सल्लाहअनुसार राणाले दुई वर्षदेखि फलोअप उपचार गराउँदै आएकी छन्।