वृद्धाको हत्या आरोपमा युवक पक्राउ
काभ्रे : वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्। इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो।
काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेपाटीस्थित डेरा गरेर बस्ने ८३ वर्षीया लक्ष्मी तामाङको हत्या गरेर फरार रहेका युवकलाई चैत १३ गते पक्राउ गरिएको हो।
युवकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। युवक लागुऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।